तपाईँ सुन्दै हुनुहुन्छः

पर्वत अस्पतालका सेवाग्राहीको पनि कोरोना परिक्षण गरिने

पर्वत । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मी सहित समूदायमा अन्य दुई जना लाई कोरोना संक्रमण देखिएपछि अस्पतालमा उपचारका लागि आएका सबै सेवाग्राहीको स्वाव परिक्षण गर्ने भएको छ । असार २ गते देखि ४ गते सम्म पर्वत अस्पतालमा आई उपचार गराएका सबैलाई कोरोना परिक्षण गर्नुपर्ने भएकाले सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीहरुले नै बिरामी जाँचेको हुनाले उनीहरु मार्फत सेवा लिएका सबैको बिबरण खोजी गरी स्वाव परिक्षण गर्न थालिएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका २ जना डाक्टर, एक नर्स र एक कार्यालय सहयोगी ४ गतेसम्म अस्पतालमै काममा खटिएको हुनाले उनीहरु मार्फत समूदायसम्म कोरोना फैलिएको आशंकामा सेवाग्राही सबैको कोरोना परिक्षण गर्नुपरेको देवकोटाले बताउनुभएको छ ।

आज कोरोना संक्रमण पुष्टि भएका दुई जना पुरुष स्वास्थ्यकर्मी संग सम्पर्कमा रहेका व्यक्ति रहेको अस्पतालले खुलासा गरेको छ ।

यसअघि स्वास्थ्यकर्मी र कर्मचारी सहित ८१ जनाको स्वाव परिक्षणका लागि पठाईएकोमा आज २७ जनाको रिपोर्ट आएकोमा २ जनाको पोजेटिभ रिपोर्ट आएको थियो भने अन्य २५ जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button