स्याङ्जामा १० जना कोरोना सङ्क्रमित थपिए, गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या पाँच सय २३ पुग्यो

स्याङ्जा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय २३ पुगेको छ । आज दिउँसो थप १९जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या पाँच सय २३ पुगेको हो ।
सङ्क्रमित हुनेहरूमा स्याङ्जाका १० जना रहेका छन् । स्याङ्जामा दुई महिलासहित १० जना कोरोना सङ्क्रमित थपिएका छन् ।
योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ८६ पुगेको छ । आइतबार चापाकोट नगरपालिकाका छ जना थपिएका छन् । जसमा १८, २१, २१, २१ र ३३ वर्षका पुरुष र ३० वर्षकी महिला रहेकी छन् ।
त्यस्तै गल्याङ नगरपालिकाकामा एक जना महिलासहित चार जनामा कोराुना सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित हुनेहरूमा २०, २६ र ४६ वर्षका पुरुष र ४५ वर्षका महिला रहेका छन् । उनीहरू सबै भारतबाट आई क्वारेन्टीनमा बसिरहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
स्याङ्जाका ८६ जना सङ्क्रमित मध्ये आठ जना निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।
जिल्लाको फेदी खोला गाउँपालिका बाहेक सबै पालिकामा सङ्क्रमित फेला परिसकेका छन् । स्याङ्जामा अहिलेसम्म पुष्टि भएका सङ्क्रमित मध्ये गल्याङका दुई जना बाहेक सबै भारतबाट आएका हुन् ।
त्यस्तै नवलपरासी पूर्वमा एक जना, कास्कीमा दुई जना , बागलुङमा पाँच जना र तनहुँमा एक जना गरी १९ जना गण्डकी प्रदेशमा थपिएका छन् ।
नवलपरासी गैँडाकोटका एक जना १८ वर्षीय पुरुष, पोखरा महानगरपालिका र मादी गाउँपालिकाका ४० र १९ वर्षीय पुरुष, बागलुङको गलकोटका तीन जना १९, ३५ र २७ वर्षीय पुरुष, बढिगाड गाउँपालिकाका १७ वर्षीय पुरुष, जैमिनी नगरपालिकाका ३० वर्षीय पुरुष, तनहुँका व्यास नगरपालिकाका ४७ वर्षीय पुरुष रहेका छन् ।
सङ्क्रमित सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टीनमा बसेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरू सबैलाई सम्बन्धित आईशोेलेसनमा लैजाने तयारी भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्