करेन्ट लागेर झापामा एक मजदुरको मृत्यु
भद्रपुर, झापा ।झापामा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बारा करैयामाई गाउँपालिका–८ का २५ वर्षीय सञ्जय चौधरी रहेका छन्।
प्रहरीका अनुसार चौधरी मेचीनगर नगरपालिका–१२, धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेजमा काम गर्दै आएका थिए।
बिहीबार साँझ कलेजबाट बिजुलीको लाइन तानेर कलेज छेउमा रहेको झिलिमिले नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्