ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
ताप्लेजुङ। ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना भई खोलमा पस्दा दुई जना बेपत्ता भएका छन् ।
जिल्ला कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कमल बजगाईंका अनुसार आज बिहान आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट गोलिया बोकेर अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर मैवाखोलाको पुलको छेउबाट खस्दा खोलाले बगाएर दुई जना बेपता भएका हुन । प्रहरीका अनुसार ठेगाना नखुलेका ट्र्याक्टर चालक समिर बराइली र सोही ट्याक्टरमा सवार अनिल नाल्बोलाइ खोलाले बगाएर बेपत्ता भएको बताइएको छ ।
ट्र्याक्टर दुर्घटनापछि सो ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समिर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानमा पुगेर बिहान ४ः२० बजे घटनाबारे मौखिक जानकारी गराएको समेत प्रनाउ बजगाईंले जानकारी दिनुभयो ।
बिहानै देखि स्थानीय र प्रहरीको टोली घटना स्थलमा पुगेर खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्र्याक्टर बिहान करिब २ः४० बजे दुर्घटना भएको हो ।








प्रतिक्रिया राख्नुहोस्