तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलको मिडिया तथा टिकटिङ राइट्स बिक्री

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को मिडिया तथा टिकटिङ राइट्स ३३ करोड भन्दा बढीमा बिक्री गरेको छ । 

एनपिएल–३ का लागि ओटीटी, टेलिभिजन प्रसारण तथा टिकटिङ राइट्स अलग अलग कम्पनीले पाएका छन् । वल्ड वाइट ओटीटी अधिकार नेटटिभी प्रालिले पाएको छ । उसले १८ करोड ४० लाख रुपैयाँमा यो अधिकार प्राप्त गरेको क्यानले जनाएको छ ।

त्यस्तै नेपाल क्षेत्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले १४ करोड ४६ लाख रुपैयाँमा खरिद गरेको छ ।

टिकटिङ अधिकार भने इसेवा लिमिटेडले ८५ लाख रुपैयाँमा प्राप्त गरेको क्यानले जनाएको छ । सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यानलाई र ५ प्रतिशत ई सेवालाई प्राप्त हुनेछ ।

राइट्सबाट क्यानले ३३ करोड ५३ लाख रुपैयाँ आम्दानी गर्नेछ । ८ टोलीको सहभागितामा एनपिएल अक्टोबर २६ देखि सुरू हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button