सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी I सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोसी बाढीका कारण सम्पर्कविहीन सुदूरपश्चिम प्रदेशका नागरिकको खोज तथा उद्धार कार्यका लागि
सम्पूर्ण उपाय अबलम्बन गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ।
आज बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री भट्टले बाढीका कारण सम्पर्कविहीन नागरिकहरूको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक सबै संयन्त्र परिचालन गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।
सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो तथा डुबान जस्ता विपद जोखिमको आकलन गरि उच्च सर्तकर्ता अपनाउन उहाँले निर्देशन दिनुभयो ।
यसैबीच, बैठकले भोटेकोसी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री खुशीराम चौधरी, प्रमुख सचिव, सचिव तथा सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्