तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाको त्रिशूली ३ ‘ए’ सुरुङमा फसेकाहरूको उद्धार तीव्र, ८२ जना सुरक्षाकर्मीसहित भारतीय टोली परिचालन

काठमाडौँ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ।

प्रतिकूल मौसम र निरन्तरको लेदो तथा भग्नावशेषका बिच शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अझ तीव्र पारिएको छ।

टनेलभित्र मानिसहरू फसेको खबर पाउनासाथ सरकारले उद्धार टोलीलाई प्राथमिकताका साथ परिचालन गरेको थियो। सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिरहेको छ।

यसैबिच, नेपालको उद्धार प्रयासमा सहयोग पुर्‍याउन भारतीय टोली पनि त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार तथा राहत कार्य अघि बढाउने योजना बनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button