तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद बैठक: बाढीबाट हाल सम्म ४ सय ७७ जनाको निधन

'बाढी प्रभावितलाई सहुलियत प्याकेज ल्याइने'

काठमाडाैँ। सरकारले रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म ४ सय ७७ जना निधन भएको विवरण सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बाढीमा परेर अहिले सम्म रसुवामा १२ नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा १ सय १० नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १ सय ८८ मानवीय क्षति भएको जानकारी दिनुभयो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले प्राथमिकतामा राखेको र प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

यस्तै  बाढी प्रभावित क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएकोले थप बाढी आउन सक्ने जोखिम रहेको भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका र जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन मन्त्री पोखरेलले आग्रह गर्नुभयो । 

मन्त्री पोखरेलले चीन सरकारसँगको संवादमा सामान्य ग्लेसियरहरु फुटेर बाढी तथा पहिरोसहित पानीको बहाव बढेको जानकारी प्राप्त भएको र तत्काल ठूलो जोखिम नदेखिए पनि जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा  बस्न आग्रह गर्नुभयो ।

बैठकले बाढी प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button