‘वर्षाले भोटेकोशीमा बाढी आएको होइन’
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट गर्नुभएको छ ।
बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटरभन्दा बढी वर्षा नभएको राससलाई बताउनुभयो । उहाँले हिमताल फुटेको आशङ्का गर्दै अनुसन्धान गरिने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्