तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी  विदेशमन्त्री वङबीच टेलिफोन वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच आज टेलिफोन वार्ता भएको छ । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो ।

वार्ताका क्रममा मन्त्री वङले विपद्का कारण भएको मानवीय क्षतिप्रति अस्ट्रेलिया सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाललाई परेको कठिन परिस्थितिमा आवश्यक सबै सम्भव सहयोग गर्न अस्ट्रेलिया सरकार तयार रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री खनालले मन्त्री वङमार्फत अस्ट्रेलिया सरकार तथा त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उहाँले विशेषगरी सङ्कटको यस घडीमा अस्ट्रेलियाले देखाएको सद्भाव र सहयोगप्रति धन्यवाद दिनुभयो । 

मन्त्री खनालले विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button