प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुख अर्यालको रुलिङ
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिनुभएको हो ।

बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय, प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले रुलिङ गर्नुभएको हो ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्था बमोजिम सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री शाहलाई रुलिङ गर्नुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा पनि शुरु भएलगत्तै प्रतिपक्ष दलका सांसदहरुले प्रधानमन्त्री शाहले सभामा दिनुभएको सिमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध शुरु गरेपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गर्नुभएको हो ।
गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भनेर दिएको जवाफ फिर्ता लिन वा सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध गर्दै आइरहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्