मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिका–३ बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका–७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सुमनले मौरिसस पठाइदिन्छु भन्दै दुई जना पीडितबाट रु एक लाख ९० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ महानगरपालिका–२६ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्