सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा मन्त्रिमण्डल बिस्तार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री भट्टले सत्ता गठबन्धन दल नेकपा एमालेका तीन जना मन्त्री र एक राज्यमन्त्री समेटेर मन्त्रिमण्डल बिस्तार गर्नुभएको हो । जसमा चक्रबहादुर मल्ल आर्थिक मामिला मन्त्री, सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, दमनबहादुर भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री रहनुभएको छ ।
मुख्यमन्त्री भट्टले आन्तरिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबिच सत्ता गठबन्धन रहेको छ।

यसैबिच प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त तीनै जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । यस्तै नवनियुक्त राज्यमन्त्रीले मुख्यमन्त्री खगराज भट्ट समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्