तपाईँ सुन्दै हुनुहुन्छः

सर्पको डसाइबाट सुर्खेतमा एक महिलाको मृत्यु

कर्णाली। सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखे निवासी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ ।

सर्पको डसाइबाट ५८ वर्षीया देउमा कामीको मृत्यु भएको हो । आज बिहान भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेको थियो । उपचारका लागि कर्णाली प्रदेश सुर्खेत पुर्‍याइएकी कामीको जाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।

चौकुने गाउँपालिका वीरेन्द्रनगर नगरपालिकादेखि करिब ७० किलोमिटर दूरी टाढा रहेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button