तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा जीप दुर्घटना: १० जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

आज बिहान करिब ७ बजेको समयमा तिनाउ गाउँपालिका–४ स्थित झुम्सा–सत्यवती–धसमिघा भित्री कच्ची सडकखण्डमा माथागढी गाउँपालिका–५ बंसिङडाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जीप दुर्घटनामा परेको हो ।

जीप अनियन्त्रित भई सडकबाट करिब १ सय १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा घाइते भएका १० जनामध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य नौ जनाको अवस्था मध्यम रहेको छ। घाइतेहरूको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button