राष्ट्रिय सूचना आयोगका पदाधिकारी पदका लागि दरखास्त आह्वान
काठमाडौँ। राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र दुई जना सूचना आयुक्तका लागि दरखास्त आव्हान गरिएको छ ।
राष्ट्रिय सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले आज एक सूचना जारी गर्दै दुईमध्ये कम्तीमा एक जना महिला रहने गरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयमा आफ्ना व्यक्तिगत विवरण (CV) र योग्यताका प्रमाणित प्रतिलिपि लगायतका आवश्यक कागजातहरूसहित आवेदन दिनुपर्नेछ। आवेदकहरूले त्रिपुरेश्वर, काठमाडौँस्थित राष्ट्रिय सूचना आयोगको कार्यालयमा सोझै उपस्थित भई वा आयोगको इमेल info@nic.gov.np मार्फत आवेदन पेश गर्न सक्नेछन्।
यससम्बन्धी विस्तृत जानकारी आयोगको आधिकारिक वेबसाइट www.nic.gov.np मा उपलब्ध गराइएको छ।







प्रतिक्रिया राख्नुहोस्