तपाईँ सुन्दै हुनुहुन्छः

अर्थसहित चार संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका चार संसदीय समितिको बैठक आज बस्दैछ।

आज बिहान १० बजेदेखि बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफललाई निरन्तरता दिइनेछ।

सोही समयमा बस्ने उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी विषयमा छलफल हुनेछ।

बिहान ९:३० बजेदेखि बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका, न्याय प्रशासनको वर्तमान अवस्था, समस्या तथा समाधानका उपायबारे छलफल गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, दिउँसो १ बजेदेखि बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूसम्बन्धी आन्तरिक छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button