तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

जनकपुरधाम। हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पकरीबाट गएराति बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याएकामा सन्तोषलाई तत्काल चिकित्सकले मृत घोषणा गरेको थियो ।

घाइते शङ्करलाई थप उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगेकोमा उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button