तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीको राजीनामा, बज्राचार्यलाई जिम्मेवारी 

मकवानपुर। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मङ्गलवार मन्त्री पदबाट राजीनामा दिनुभएको छ । मन्त्री पौडेलले नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड (क) बमोजिम राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री बानियाँले मङ्गलवार नै नेपालको संविधानको १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्को पुनर्गठन तथा कार्य विभाजन गर्दै हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो ।

सिफारिसअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

त्यसैगरी, शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।

मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन मन्त्रालयहरूको पुनर्गठन तथा कार्य विभाजन गरिएको जनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button