तपाईँ सुन्दै हुनुहुन्छः

मानार्थ अध्यक्षमा घलेलाई पुनः फर्काउने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टासी घलेलाई मानार्थ अध्यक्षमा पुन फर्काउने निर्णय गरेको छ ।

मंगलबार बसेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले पूर्व मानार्थ अध्यक्ष घलेको कारबाही प्रक्रियालाइ यथावत राख्दै पुन सोही पदमा फर्काउने निर्णय गरेको हो ।

कर्माछिरिङ शेर्पा नेतृत्वको वर्तमान कार्यसमिति एन्फा नेतृत्वमा आए लगत्तै घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । तर टासीसंग आन्तरिक विवाद बढ्दै गएपछि एन्फाले मानार्थ पद खारेज गर्दै टासीलाई पद मुक्त गरेको थियो ।

यस्तै, बैठकले गौतम सुखजु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई भंग गर्दै १५ सदस्यीय तदर्थ कमिटि गठन गरेको छ । जसको अध्यक्षको जिम्मा किशोर हेका र उपाध्यक्ष अनिल हेकालाई जिम्मेवारी दिइएको छ । बाँकी १३ जना सदस्य रहेका छन ।

विधान विपरित कार्यसमिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघको कार्यसमितिलाई भंग गर्दै तदर्थ कमिटि गठन गरेको हो ।

बैठकले कोरोनाले प्रभावित बनाएको फुटबल गतिविधि पुन सुरु गर्न राखेपसंग माग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button