मिसिलमा क्षति पुग्दा लक्ष्यअनुसार मुद्दा फर्छ्योट गर्न सर्वोच्च अदालतलाई सकस
काठमाडौँ। सर्वोच्च अदालतका मिसिलमा अकल्पनीय क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फर्छ्योट हुन कठिन देखियो ।
सोही कारणले आर्थिक वर्ष २०८२/०८३ मा अदालतले २७ हजार ४६७ मुद्दा फर्छ्योट गर्न सकेन । न्यायालयमा गत भदौ २४ गते भएको आगजनीले मिसिलमा क्षति पुग्न गएका कारण तोकिएको समय सीमाभित्र इजलास बस्न नसक्दा दर्ता भएकामध्ये ११ हजार ४६९ वटा मुद्दा मात्र फर्छ्योट भएका थिए ।
अदालतले उक्त आर्थिक वर्षमा १९ हजार ६७९ मुद्दा फर्छ्योट गर्ने लक्ष्य लिएको थियो । सो वर्ष अदालतमा सबैगरी कूल ३८ हजार ९३६ वटा मुद्दा थिए ।
अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी भई अकल्पनीय क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्ने नसकेको र मिसिल पत्ता लगाउन कठिनाइ भएकाले मुद्दा फछ्र्योटमा ढिलाइ भएको जानकारी दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्