तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पत्रकार महासंघद्धारा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले पछिलो समय विभिन्न सञ्चारगृहहरुले कोभिड–१९को कारण देखाउँदै श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्काशन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजिनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेका विरुद्ध महासंघले सशक्त आन्दोलन गर्ने भएको छ ।

महासंघले एक सातासम्म सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकारविरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न र सोको जानकारी महासंघलाई गराउन आग्रह गरेको छ ।

एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासंघ चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने विज्ञप्तीमा जनाइएको छ ।

साथै श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासंघ सबै प्रदेश समिति, जिल्ला तथा प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थालाई समेत आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button