तपाईँ सुन्दै हुनुहुन्छः

निष्पक्ष पत्रकारिताले मात्रै सामाजिक न्याय दिलाउँछ: न्यायाधीश फुयाँल

'अदालत पत्रकारितासम्बन्धी मार्गदर्शन पुस्तक विमोचन'

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँलले कुनै पनि धार नसमाई गरिने पत्रकारिताले सामाजिक न्याय गर्ने बताउनुभएको छ । 

अदालत पत्रकारितासम्बन्धी मार्गदर्शन पुस्तकको विमोचन गर्दै न्यायाधीश फुयाँलले सञ्चार तथा प्रकाशन गृहहरूको निष्पक्ष सूचना प्रवाहले समाजलाई लाभ पुग्ने बताउनुभयो । 

अदालती पत्रकारिताका लागि पुस्तक मार्गदर्शक हुने बताउँदै न्यायधीश फुयाँलले अदालतलाई बिट बनाएर पत्रकारिता गर्ने वा अदालतका बारेमा जान्न चाहनेका लागि पुस्तक निकै उपयोगी जानकारी दिनुभयो । 

सर्वोच्च अदालतका न्यायाधीश एवं सम्पादन तथा प्रकाशन समितिका संयोजकसमेत रहनुभएका फुयाँलले सूचना प्रविधिको विकाससँगै अदालत अहिले सूचनामा पारदर्शी रहेकोसमेत स्पष्ट पार्नुभयो । 

नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले पत्रकार तथा सञ्चारमाध्यमले खेप्नुपरेका अदालती अवहेलनाबारे चर्चा गर्दै अदालती पत्रकारितामा पुस्तक मार्गदर्शन हुने बताउनुभयो । 

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष कालिका खड्काले अदालत रिपोर्टिङमा आउने र कानुनका विषयमा ज्ञान लिन चाहनेका लागि मार्गदर्शन होस भन्ने हेतुले सर्वोच्च अदालतको सहयोगमा ‘अदालती पत्रकारिता सम्बन्धी मार्गदर्शन’ प्रकाशनमा ल्याइएको बताउनुभयो । 

‘अदालत पत्रकारितासम्बन्धी मार्गदर्शन’ पुस्तक अदालती पत्रकारिताका लागि स्रोत सामाग्री हुने अपेक्षा गरिएको छ । मार्गदर्शनमा सम्बद्ध कानुन, आचरणगत निर्देशिका, सर्वोच्च अदालतबाट प्रतिपादित नजिर, अदालती रिपोर्टिङमा प्रयोग भइरहने कानुनी शब्दावलीलगायत राखिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button