तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पद तथा गोपनियताको सथप

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मुख्यमन्त्री शाहीले आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहबीच प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहनु भएका शाहीलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । हिजो (मङ्गलवार) मात्रै  एमालेको समर्थनमा शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । 

शाहीलाई नेकपाका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० गरी कुल २४ सांसदको समर्थन छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १५ जना, नेकपाका १४, एमालेका सभामुखसहित १० र राप्रपाका एक प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार बनाउनका लागी २१ सांसदको आवश्यक पर्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button