तपाईँ सुन्दै हुनुहुन्छः

महिलाका लागि छुट्टै क्वारेनटिनको व्यवस्था गर्न सांसदहरूको माग

फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महिलाका लागि छुट्टै क्वारेनटिनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसदहरुले कैलालीमा क्वारेनटिनमा रहेकी महिलामाथि सामूहिक बलात्कार भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै क्वारेनटिनमा बस्ने महिलाको सङ्ख्या कम भएकाले उनीहरूका लागि छुट्टै क्वारेनटिनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरू दिलकुमारी रावल थापा पार्वती, प्रकाश पन्त र महेशकुमार महराले देशभरिको क्वारेनटिनको अवस्था नाजुक रहेका भन्दै त्यसको सुधार गर्न र कैलालीमा क्वारेनटिन भएको बलात्कारको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो ।

सांसद मायाप्रसाद शर्माले वैदेशिक रोजगारीमा गएका जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका वीरबहादुर कामीको यही जेठ १५ गते मलेसियामा मृत्यु भएको भन्दै शव घरमा ल्याइदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा समय माग गरी सांसद भैरवसुरन्दर श्रेष्ठले रुकुममा घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम रिपोर्ट चित्त बुझ्दो नभएको भन्दै जाजरकोटको जिल्ला स्वास्थ्य कार्यालय अगाडी भएको स्थानीयको प्रदर्शनमा प्रहरीले दमन गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button