श्रेष्ठको निधनले स्तब्ध बनाएको छ : निवर्तमान सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध भएको बताउनुभएको छ ।
“नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निभाउनु भएको अग्रणी भूमिका सधैँ स्मरणीय रहनेछ” सामाजिक सञ्जाल मार्फत देउवाले बताउनुभएको छ ।
उहाँले श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।








प्रतिक्रिया राख्नुहोस्