तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एघार जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज


सल्यान । सल्यानका एघार जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेतमा उपचार पछि उनीहरुलाई सोमबार डिस्चार्ज गरिएको हो ।

उनीहरुको पछिल्लो पीसिआर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । उनीहरु १७ देखि ४४ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

डिस्चार्ज भएका सबै बनगाड कुपिण्डे नगरपालिकाका बासिन्दाहरु रहेका छन् । गत जेठ १७ गते सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । एकै पटक देखिएका मध्येका आज ११ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अजुृन बुढाले बताए । यसअघि थप दुई जनाले कोरोना जितेर घर फर्किसकेका छन् । यससँगै सल्यानमा कोरोना भाइरसबाट ठिक हुनेको संख्या १३ पुगेको छ ।

सल्यानमा १ सय ३६ जना कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय सल्यानका अनुसार ३ हजार ५ सय ८३ को स्वाब संकलन गरिएकोमा १ हजार २ सय ९३ जनाको नेगेटिभ आएको छ भने २ हजार १ सय ५२ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button