प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो
जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नंं २ मा कोरोना संक्रमितको संख्या १ सय ७ जनाले बृद्धि भएको छ । यो संगै प्रदेश नंं २ मा संक्रमितको संख्या २ हजार १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा रौतहट जिल्लामा ७४ जना, पर्सामा १७ जना, वारामा ९ जना, सर्लाहीमा ६ जना तथा धनुषामा १ जना कोरोना संक्रमितको संख्या थप भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक थप भएका १ सय ५ जना पुरुष र अरु महिला रहेको प्रदेश नंं २ का २ का स्वास्थ्य निर्देशनालयका उप निर्देशक एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भयो ।
प्रदेश २ मा थपिएका अधिकांश संक्रमितहरु भारतको विभिन्न शहरवाट आएका र स्थानीय तहले निर्माण गरेका विभिन्न क्वारेन्टाईनमा वस्दै आउनु भएको कारणले कोरोनाको संक्रमण समुदायमा नपुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अहिले प्रदेशमा रहेको ४ सय ३१ वटा क्वारेन्टाइनमा गरेर १६ हजार ६ सय ५६ जना बसेका छन् भने होम क्वारेन्टाईनमा १० हजार ९ सय ९० जना रहेका छन् । यसै गरि विभिन्न जिल्लाको आईसोलेशनमा ८ सय ३९ जना रहेका छन् ।
प्रदेश नंं २ मा ३१ हजार ३ सय १ जनाको स्वाव संकलन गरिईएकोमा १७ हजार १ सय २५ जनाको निगेटिभ तथा २ हजार १४ जनाको पोजेटिभ परिणाम आएको छ । १३ हजार ६८ जनाको स्वावको परीक्षण रिपोर्ट आउन बाँकी रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रदेश नंं २ मा कोरोना मुक्त भएर ४ सय ३७ जना निको भएर घर फर्केका छन् ।








प्रतिक्रिया राख्नुहोस्