पूर्व मन्त्री फतेहसिंह थारुको निधन

नेपालगन्ज । पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता फत्तेह सिंह थारुको निधन भएको छ।
उहाँको बिहीबार नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ ८६ वर्षका हुनुहुन्थ्यो ।
बाँकेबाट २०३८, २०४३ र २०५१ सालमा निर्वाचित थारुले शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग तथा वाणिज्य लगायत मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सात पटक मन्त्री बन्नुभएको थियो । पश्चिम नेपालको थारु समुदायबाट एमए ९डिएफए० गर्ने पहिलो व्यक्ति र तराई समुदायबाट नेपालको रक्षा मन्त्री बन्ने पहिलो नेता समेत उहाँ हुनुहुन्थ्यो ।
२०२३ सालमा बाँकेको हस्नापुर गाउँ पञ्चायतको प्रधानपञ्चबाट राजनीतिक यात्रा सुरु गर्नुभएका थारु तीन पटक बाँके जिल्ला पञ्चायतको सभापति बन्नुभएको थियो । स्वच्छ, सरल र राष्ट्रवादी नेताका रूपमा परिचित थारुको पार्थिव शरीर नेपालगन्जको घरबारीटोलस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाका अनुसार उहाँको अन्त्येष्टि शुक्रबार सिधनियाघाट राप्ती नदीमा गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्