तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरको १५ औँ नगरसभामा २ अर्ब ६५ करोड बढीको बजेट पेश

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको १५ औँ नगर सभामा आर्थिक वर्ष २०८३–०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजारको आय व्यय सहितको बजेट पेश गरिएको छ ।

oplus_0

उपमहानगरपालिका ज्येष्ठ वडा नंं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले पेश गर्नुभएको बजेटमा चालुतर्फ १ अर्ब ४२ करोड ७७ लाख ९ हजार रहेको छ भने पुँजीगततर्फ १ अर्ब २२ करोड २२ लाख ५३ हजार रहेको छ ।

प्रस्तुत भएको बजेटमा आर्थिक विकासतर्फ ५ करोड ९४ लाख ५४ हजार ४ सय ८ रुपैयाँ विनियोजन भएको छ भने सामाजिक विकास तर्फ ८३ करोड २८ लाख ९८ हजार ७ सय ६२ रुपैयाँ विनियोजन भएको छ ।

यसै गरि पूर्वाधार विकासतर्फ ९१ करोड, २२ लाख ७८ हजार ८ सय ३० रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३१ करोड, ७४ लाख विनियोजन भएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५३ करोड रकम विनियोजन गरेको नगरप्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो ।

यस अघि १५ औँ नगरसभाको उद्घाटन सहित नगरपालिकाको आर्थिक वर्ष २०८३–०८४ का लागि नगर प्रमुख मनोज कुमार साहले नगरको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । नीति तथा कार्यक्रममा “स्वच्छ, सुशासित, समृद्ध पर्यटकीय तथा सांस्कृतिक जनकपुरधाम” को परिकल्पनालाई साकार पार्न सफा, स्वच्छ, सुन्दर नगर बनाउनका लागि पर्यटकीय पूर्वाधारको विकासमा जोड दिने उल्लेख  छ ।

नीति तथा कार्यक्रममा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न संरक्षित क्षेत्रको नक्सा गर्ने काम भएको छ भने संरक्षित क्षेत्रको काम पुरातत्त्व विभागको समन्वयमा गरिनुका साथै अन्य मठमन्दिर, पोखरी तथा दुग्धमति सहितका महत्वपूर्ण स्थलहरूको संरक्षणमा जोड दिने उल्लेख रहेको छ । यसका साथै शिक्षा, स्वास्थ्य तथा अन्य विकासको पूर्वाधार निर्माणमा जोड दिने उल्लेख रहेको छ ।

उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सह–सचिव ज्ञानहरि घिमिरेले स्वागत गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य राकेश विक्रम साहले यस पटक आफूहरूको अन्तिम कार्यकाल भएकाले जनताले परिवर्तनको अनुभूति गर्ने गरि काम गर्नुपर्ने धारणा राख्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button