कोभिड १९ रोकथाम र सुरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु
मेलम्ची । कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि सचेतनामुलक ३ दिने प्रशिक्षण कार्यक्रम आजबाट मन्डन देउपुर नगरपालिकामा सुरु भएको छ ।
कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले आफू सुरक्षित भएर स्वास्थकर्मिहरुले आफ्नो काम गर्नुपर्ने बताउनुभयो । उहाँले नआत्तिन तर सतर्कता अपनाउन स्वास्थ्यकर्मी हरुलाइ आग्रह गर्नुभयो । पहिला आफु बच्ने उपायहरु अपनाएर मात्र अरुलाइ बचाउन अगाडि बढ्नुपर्ने प्रमुख तामाङको भनाइ छ ।
प्रशिक्षण कार्यक्रममा स्वास्थ्यकर्मिहरुले अपनाउन पर्ने साबधानीको बारेमा जानकारी दिइएको थियो । स्वास्थ साधन जस्तै माक्स, पन्जा, पि पि इ सेट लगाउदा ध्यान दिनुपर्ने कुराहरु र लगाउने तरिकाको बारेमा धुलिखेल अस्पतालका डाक्टर मनोज अधिकारी र सन्जय कुमार शाहले सहजीकरण गरिरहनु भएको छ ।
कार्यक्रममा २० जना भन्दा बढी स्वास्थकर्मिहरु उपस्थित भएका थिए । कार्यक्रम मन्डन्देउपुर र नगरपालिका र इको हिमालकोे साझेदारीमा सन्चालन भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्