तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको दुर्लुङमा पहिरो : वेपत्ता आठ जनाको शव फेला

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन् ।

शनिबार साँझ ८ बजे भीषण वर्षासँगै आएको पहिरोमा पुरिएको दुई घरका नौ जना मध्ये अहिलेसम्म ५८ वर्षिय तुलवहादुर थापा, ५७ वर्षिय मीनाकुमारी थापा, ३४ वर्षिय दिर्पा थापा, १४ वर्षिय विवेक थापा, ४ वर्षिय विविसा थापा र ११ वर्षिय सम्राट थापाको शव फेला परेको छ ।

त्यस्तै ३० वर्षिय कमला विक र कमलाका छोरी ८ वर्षिय जेनिसा विकको पनि शव भेटिएको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएका कमला विकका १२ वर्षिय छोरा जेनिस विकको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

पहिरोमा बेपत्ता भएका तीन जनाको हिजो बेलुका नै शव फेला परेको थियो भने विहानबाट खोजी गर्दै जाँदा अहिलेसम्म थप पाँच जनाको शव फेला पारिएको रेग्मीले बताउनुभयो ।

वेपत्ताको खोजीमा जिल्ला प्रहरी कार्यालय, ससस्त्र प्रहरी गण , नेपाली सेना सहित स्थानीय जुटिरहेको छन् ।

घरभन्दा १ किलोमिटर माथिवाट आएको लेदो पहिरोले दुई घर वटा पुरिनुका साथै पाँच वटा घरमा क्षती पुर्याएको छ ।

पहिरोले करिव २० घर जोखिममा रहेको कुश्मा नगरपालिकाका नगरप्रमुख जोशीले बताउनुभयो । घटनाका कारण सिंगो गाउँ शोकमग्न छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button