तपाईँ सुन्दै हुनुहुन्छः

रचनात्मक प्रतिपक्षीका भूमिका खेल्ने काँग्रेस नेता आङ्देम्बेको भनाई 

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देश र जनतालाई केन्द्रमा केन्द्रमा प्रतिनिधिसभामा सक्रिय र रचनात्मक भूमिका निर्वाह गरेर अगाडी बढ्ने बताउनुभएको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा संसदीय दलका नेता आङ्देम्बेले सदनमा प्रतिपक्षीको भूमिका बलियो बनाउदै सत्ता पक्षलाई पनि संसद् र जनताप्रति उत्तरदायी बनाउन भूमिका खेल्ने बताउनुभयो ।

नेता आङ्देम्बेले संसदमा प्रतिपक्षीको भूमिका सशक्त बनाउन लागि पर्ने बताउँदै इमान्दारीपूर्वक प्रतिनिधि सभामा विषय उठानको कोसिस गरिरहेको पनि बताउनुभयो ।

नेता आङ्देम्वेले संसद् र संसदीय समिति दुवै उत्तिकै महत्वपूर्ण हुने भएकाले संसदीय समितिहरूलाई पनि अनिर्णयको बन्दी बन्न नदिन सबै प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर अगाडी बढ्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button