सांसदको स्वकीय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले सांसदहरूका लागि स्वकीय कर्मचारी÷परिचारक नियुक्तिका लागि सहजीकरण गरेको छ ।
सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को संशोधनमार्फत सांसदका लागि सहयोगी राख्न सक्ने व्यवस्था ब्युँताएको हो ।
सचिवालयले स्वकीय कर्मचारी÷परिचारक नियुक्तिसम्बन्धी फारम सदस्यहरूलाई उपलब्ध गराई त्यससम्बन्धी जानकारी दिन सूचित गरेको छ ।
सरकारले गत कात्तिक १७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सङ्घीय संसद्का सदस्यको स्वकीय कर्मचारी÷परिचारकसम्बन्धी साबिकको व्यवस्था खारेज गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्