तपाईँ सुन्दै हुनुहुन्छः

वडासदस्य जुग्जालीद्वारा वडा कार्यालयलाई जग्गा दान

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिममा वडा कार्यालय भवन निर्माणका लागि रु २० लाख मूल्य पर्ने जग्गा निःशुल्क प्राप्त भएको छ ।

मालिका गाउँपालिका–७ का वडासदस्य तिलकबहादुर जुग्जालीले बिमको तल्लो गाउँमा रहेको तीन रोपनी जग्गा निःशुल्क दान गर्नुभएको हो । जुग्जालीले उपलब्ध गराउनुभएको जग्गाको मूल्य रु २० लाख बराबरको रहेको वडाध्यक्ष टकलाल पुनले बताउनुभयो ।

जुग्जालीले यसै हप्ता मालपोत कार्यालयमा आएर सबै प्रक्रिया पूरा गरी गाउँपालिकाको नाममा जग्गा हस्तान्तरण गर्नुभएको हो । जग्गा प्राप्त भएपछि भवन निर्माण प्रक्रिया अघि बढाउने वडाध्यक्ष पुनले बताउनुभयो । हाल साविक बिम गाविसको पुरानो भवनबाट वडा कार्यालय सञ्चालन हँुदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button