तपाईँ सुन्दै हुनुहुन्छः

गृह प्रशासनको काम अब जनताले प्रत्यक्ष अनुभव गर्ने गरी देखिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी दिगो शान्ती, विकास, सुशासन र समृद्धिको आधारको रुपमा अगाडी बढाउने सङ्कल्प गरेर अघि बढेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री गुरुङले गृह प्रशासनको अबको कामबाट जनताले प्रत्यक्ष अनुभव गर्ने, सुरक्षा सुशासन र निष्पक्षताको ठोस नतिजा देखिने बताउनुभयो ।

मन्त्री गुरुङले भूकम्प तथा मनसुनजन्य विपद प्रभावित घर परिवारको आवास पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । 

उहाँले आगामी आर्थिक वर्षमा जाजरकोट र रुकुमपश्चिम जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण सम्पन्न गर्न स्रोत व्यवस्थापन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button