तपाईँ सुन्दै हुनुहुन्छः

सडक पिच गरिदिन मेलम्ची प्रभावितको माग

मेलम्ची । मेलम्ची खोनपानी आयोजनाको दोस्रो मुहान प्रभावित क्षेत्रका स्थानीयले सडक पिच गरिदिन माग गरेका छन् । राष्ट्रिय आयोजना याङ्गरी लार्के खोलाको पानी मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुहान हो । बरुवा, बाँसखर्क, लापगाउँका स्थानीयले सडक पिच गरिदिन माग गरेका हुन् ।

बाँसखर्क थाङक्यूरु खेलकुद, कृषि तथा पर्यटन यूबा क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खानेपानी आयोजना समिति र जनप्रतिनिधि बीच यसअघि भएको सम्झौता आफुहरुलाई मान्य नहुने बताएको छ । समिति र जनप्रतिनिधिको सम्झौता प्रति आफुहरुको गम्भीर आपत्ति रहेको क्लबका अध्यक्ष न्हुच्र्युङ तामाङले बताए ।

क्लबले याङ्गरी लार्के खानेपानी आयोजना प्रभावित क्षेत्र मेलम्ची, दुवाचौर, लापगाउँ, बाँसखर्क, जतन, बरुवा तथा याङ्गरी सडक खण्ड पिच गर्न आग्रह गरेको छ । सडक पिच गर्ने सम्झौता नगरेसम्म खानेपानी आयोजनाको कुनै पनि काम अघि बढ्न नदिने क्लबले चेतावनी दिएको छ । क्लबले सडक आन्दोलन गर्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button