त्रिशूलले हानेर पश्चिम दाङमा एक जनाको हत्या
हापुरे । पश्चिम दाङमा त्रिशूलले हानेर एक व्यक्तिको हत्या गरिएको छ ।
बबई गाउँपालिका–३ धनुमास निवासी २८ वर्षका बालीराम वलीले सोही ठाउँ निवासी ४७ वर्षका नारायण डाँगीलाई फलामको त्रिशूलले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिनुभयो ।
त्रिशूल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटना आज बिहान सवा ७ बजे भएको थियो । हत्याको आरोप लागेका वली पनि घाइते भएको र उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
वलीको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्