नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीय मैत्री समूह गठन
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत् रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ ।
सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको सो समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार ‘नेपाल–भारत संसदीय मैत्री समूह’, ‘नेपाल–अमेरिका संसदीय मैत्री समूह’, ‘नेपाल अस्ट्रेलिया संसदीय मैत्री समूह’ लगायत समूह गठन गरिएको हो । रासस







प्रतिक्रिया राख्नुहोस्