त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ ।
गत माघ १ गतेदेखि बन्द गरेको बिमा कार्यक्रम भोलीदेखि अस्पतालले पुनः सञ्चालन गर्न लगेको हो । अस्पतालका कार्यकारी निर्देशक डा सुभासप्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा (ओपिडी)मा बिमा सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ । उहाँका अनुसार अस्पतालले बिहान देखि ११ बजे र दिउँसो १ बजेदेखि साढे २ बजेसम्म बिमा टिकट बिरामीलाई उपलब्ध गराइने छ ।
स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो ।
केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बिमाबाट उपचार गरेवापतको भुक्तानी उपलब्ध गराएको थियो ।
अस्पतालले विसं २०७७ बाट नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा सञ्चालन गरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्