तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य केन्द्रित बजेट व्यवस्थापन गर्न स्थानीय तहलाई नेकपाको सुझाव

मेलम्ची । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणमा स्थानीय सरकार बढी जिम्मेवार बन्न नेकपा सिन्धुपाल्चोकले स्थानीय सरकारलाई सुझाएको छ ।

नेकपाबाट स्थानीय तहमा निर्वाचित प्रमुखहरूको बैठकमा आगामी वर्षको नीति कार्यक्रममा जनस्वास्थ्यको शीर्षकमा बजेट बढाउन र उपयुक्त कार्यक्रम ल्याउन सुझाइएको नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो ।

‘स्वास्थ्य सेवा प्रदायक भौतिक संरचना, जनशक्तिसहितको दीर्घकालीन महत्त्वको कार्यक्रम आगामी वर्षबाट सुरु गर्न भनेका छौ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘कोरोना सङ्कट हटाउन स्थानीय तहले आवश्यक क्वारेनटाइन, आइसोलेसन तथा जनजागरणका काममा लाग्न जरुरी रहेको औँल्याएका छौ ।’

उहाँले योसँगै आगामी वर्षको कार्यक्रममा उत्पादन वृद्धिका लागि जोड दिन, स्थानीय तहमा भएका उद्योग सञ्चालनमा ध्यान पुर्‍याउन र शिक्षामा फड्को मार्ने गरी परिवर्तनका कार्यक्रम तय गर्न स्थानीय सरकालाई निर्देशन गरिएको र समन्वय गर्न आग्रह गरिएको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button