पूर्वखोला गाउँपालिकाद्वारा पिसिआर किट खरिद, क्वारेनटाइनमा रहेकाको परीक्षण हुने
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाले पिसिआर चेक गर्नको लागि आफ्नै खर्चमा भिटिएम (स्वाब सङ्कलन गर्ने किट) खरिद गरेको छ ।
योसँगै गाउँपालिका भित्र क्वारेनटाइनमा रहेका सबैको पिसिआर परीक्षण हुने भएको छ ।
गाउँपालिकाले भारतलगायत तेस्रो मुलुकबाट फर्किएका आफ्ना नागरिक र फ्रण्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा कर्मीको कोरोना परीक्षण गर्नको लागि आफ्नै लगानीमा किट खरिद गरिएको प्रमुख नुनबहादुर थापाले जानकारी दिनुभयो ।
पालिकाले स्वाब सङ्कलन गरी परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको छ । प्रति गोटा रु.३५० मा किट खरिद गरिएको पालिकाले जनाएको छ ।
अहिले पाल्पामा भारत लगायतका मुलुकबाट आएका नागरिकहरूमा कोरोनाको सङ्क्रमण देखिएको छ, ।
पाल्पामा हालसम्म २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्