तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख अर्यालद्वारा मछिन्द्रनाथको भोटो जात्राको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मछिन्द्रनाथको भोटो जात्राको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख अर्यालले आज एक शुभकामना सन्देश जारी गर्दै नेपालको प्राचीन र गौरवशाली सांस्कृतिक सम्पदाका रूपमा परिचित मछिन्द्रनाथको जात्राले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक एकताको अनुपम सन्देश प्रवाह गर्दै आएको बताउनुभएको छ ।

“शताब्दीयौँदेखि निरन्तर रूपमा मनाइँदै आएको यस जात्राले नेपाली समाजको मौलिक पहिचान, सांस्कृतिक विविधता र साझा सभ्यतालाई सुदृढ बनाएको छ,” शुभकामना सन्देशमा भनिएको छ । सभामुख अर्यालले यस अवसरले सबैलाई आफ्नो अमूल्य सांस्कृतिक धरोहरको संरक्षण, संवर्द्धन र भावी पुस्तामा हस्तान्तरण गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले मछिन्द्रनाथको कृपाले सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति, सहकाल, समृद्धि तथा राष्ट्रिय एकता कायम रहोस् भन्ने कामनासमेत गर्नुभएको छ । सभामुख अर्यालले मछिन्द्रनाथको भोटो जात्रा–२०८३ को सफल आयोजनाका लागि सम्बन्धित सम्पूर्ण निकाय, समुदाय तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सबैमा पुनः शुभकामना दिनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button