तपाईँ सुन्दै हुनुहुन्छः

बागमती मन्त्रिपरिषद् बैठक: मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि  स्वीकृत गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताउनुभयो । 

बैठकले बागमती मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापना गर्ने निर्णय समेत गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button