तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले जनकपुरधाम दर्जनौँ कार्यालय तथा घर डुबानमा

जनकपुरधाम । एक घण्टाको मुसलधारे वर्षाका कारणले जनकपुरधामका दुई दर्जन सरकारी कार्यालय तथा कैयन दर्जन व्यक्तिका घरहरू डुबानमा परेका छन् । 

मुसलधार वर्षाका कारणले जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, जिल्ला हुलाक, डिभिजन वन, राष्ट्रिय समाचार समिति, प्रादेशिक अस्पताल परिसरमा एक फिट पानी जमेको छ । 

राष्ट्रिय समाचार समितिको मधेश प्रदेश कार्यालयको कार्यालय भित्र एक फिट पानी जमेको कार्यालय सहयोगी सूर्य प्रसाद बरालले जानकारी दिनु भएको हो । लगातार रुपमा भएको वर्षा कारणले जनकपुरधामको वडा नंं १, २, ४, ७, ८, १०, ११, का धेरै व्यक्तिको घर आँगनमा पानी जमेको छ । 

जनकपुरधामका वडा नंं ११ निवासी प्रफुल्लराज घिमिरेले एशियाली विकास बैङ्कको ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा  जडान भएको ढलको पाइपहरूको मोटाई ठिक नभएका कारणले पानी निकासमा समस्या देखिएको उहाँले बताउनु भयो । 

एक घण्टाको वर्षामा जनकपुरधाममा आज देखिएको पानी निकासको समस्या यस्तो छ केही घण्टासम्म पानी परिराख्यो भने के होला घिमिरेले प्रश्न गर्नु भयो । ‘पहिलाकै खुल्ला नाला ठिक थियो, जति पानी परेपनि बगेर जान्थ्यो; घिमिरेले बताउनु भयो । 

मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनमा पनि पानी जमेको छ । जनकपुरधामको चारै तीर भएको नदी तथा पुराना नालाहरू अतिक्रमण भएका कारणले जनकपुरधाममा डुबानको अवस्था रहेको स्थानीयवासीले जनाउनु भएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button