कैलाली टेम्पाे प्रकरण: वन अधिकृतसहित सात जना प्रहरी नियन्त्रणमा
धनगढी । कैलालीमा टेम्पो प्रकरणमा डिभिजन वन अधिकृतसहित सात जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वन अधिकृत जिवस यादवसहित सात जना कर्मचारीलाई वन कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
टेम्पो भिरबाट खसालिएको घटनाबारे सोधबुझ गर्नका लागि सात जना वन कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।
कैलालीको गोदावरी नगरपालिका–४ मा अतिक्रमित वन क्षेत्र हटाउने क्रममा वन कर्मचारीको टोलीले टेम्पोलाई भिरमा खसालेको भिडियो सार्वजनिक भएको थियो । उक्त घटनाको सर्वत्र विरोध भएपछि स्थानीय प्रहरी प्रशासनले चासो लिँदै घटनाको अनुसन्धान थालेको छ । उक्त टेम्पोमा स्थानीय धनादेवी धामीले खुद्रा व्यापार गर्दै आउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्