तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बाढीको वितण्डा: च्याउ टिप्न गएका दुई महिलाको मृत्यु

धनगढी। कैलालीको गोदावरी नदीमा आएको बाढीले बगाउदा २ जना महिलाको मृत्यु भएको छ।

बाढीले बगाउदा गोदावरी नगरपालिका-४ कि महेश्वरी धमला र कल्पना साउदको मृत्यु भएको ईलाका प्रहरी  कार्यालय मालाखेतीले जनाएको छ । दुवै जनाको शव घटनास्थल देखी एक किलोमिटर तल गोदावरी घाटमा फेला परेको बताइएको  छ । दुवै महिला आज बिहानतिर च्याउ टिप्न जङ्गल जाने क्रममा गोदावरी नदीको बाढीमा परेका थिए ।

कैलालीको चुरे क्षेत्रमा भीषण वर्षा हुँदा गोदावरी नदीमा बाढी आएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button