प्रतिनिधिसभामा वजेटमाथिको छलफल जारी

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल भइरहेको छ ।
छलफलमा भाग लिदै सत्तापक्षका सांसदहरुले वजेट आर्थिक पुनरोत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुुभयो ।
उहाँहरुले परिकल्पना गरेको सामाजिक न्यायसहितको सम्मुनत नेपाल निर्माण गर्ने राष्ट्रिय लक्ष्यलाई व्यहारमा उतार्ने प्रयास वजेटले गरेको बताउनुुभयो ।
सार्वजनिक खर्च विस्तार, रोजगारी सिर्जना, अयाकर छुट सिमा बृद्धि, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, स्वस्थ्य शिक्षामा लगानि बृद्धि तथा पूर्वाधार विकासमा ठूलो रकम विनियोजनले स्पष्ट खाका तय गरेकोे बताउनुुभयो ।
सांसदहरुले सरकारले ठूलो लक्ष्य र उद्देश्यसहित आएको बजेट कार्यन्वयन गर्ने कुरामा विशेष ध्यान पुग्नुुपर्नेमा सांसदहरुले जोड दिनुुभयो ।
दलीय आधारमा भएको छलफलमा प्रतिपक्षी दलका सांसदहरुले बुद्धिजिवी र मध्यम वर्गको विस्तारका नाममा आएको बजेट नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्य भन्दा फरक रहेको बताउनुुभयो ।
सांसदहरुले अहिलेको आवश्यकता अनुसार रोजगारी सिर्जना गर्नेगरी बजेट आउन नसकेको, साना किसान र भूमिहिन कृषि श्रमिकप्रति वजेट उदासिन रहेको, वजेटले कृषिमा श्रम आकर्षण, उत्पादकत्व र कृषि उत्पादनमा आत्मनिर्भरतामा सहयोग पुु¥याउने गरी आउन नसकेको बताउनुुभयो ।
सांसदहरुले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा विरामीलाई समेत कर लगाउने बाटोमा वजेट आएको, औषधी उद्योग संकटमा पर्नेगरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी वजेट आएको बताउनुुभयो ।
सांसदहरुले वजेटले आधारभुत रुपमा नै संविधानलाई आत्मसात् गर्न नसकेको, प्रदेश सरकारको भूमिका कमजोर बनाएको र अधिकांश कार्यक्रम केन्द्रबाट सञ्चलन गर्ने प्रवृत्ति देखिएको बताउनुुभयो ।
उहाँहरुले प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको पनि बताउनुुभयो ।
सांसदहरुले निम्न स्तरका जनता, साना कृषक र सबै नागरिकलाई समान रुपमा समेट्नेगरी आउन नसकेको भन्दै देशको ठूलो जनसंख्यालाई वजेटले छुन नसकेको बताउनुुभयो । ।
सरकारी कर्मचारीको तलब बृद्धि भएपनि महंगी नियन्त्रण हुन नसक्दा आम जनता मारमा परेकाले मंहगी नियन्त्रणमा ध्यान जानसक्नुपर्नेमा सांसदहरुले जोड दिनुुभयो ।
प्रतिनिधि सभाको बैठकमा आजै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्तुत गर्ने कार्यसूची रहेकोे छ ।







प्रतिक्रिया राख्नुहोस्