उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, संघीयता सुदृढीकरण, प्रदेश–संघीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचार–विमर्श भएको थियो ।
त्यस अवसरमा उपराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयनका लागि प्रदेश र संघबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रदेश प्रमुख खापुङले पनि संघीयता कार्यान्वयनमा प्रदेशस्तरको प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय एकता, समावेशिता र संविधानको मर्मअनुसार प्रदेश सरकारको भूमिकाबारे जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्