राष्ट्रियताका सवालमा सिङ्गो देश एक ठाँउमा उभिनुुपर्नेमा प्रतिपक्षी सांसदहरुको जोड

काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणमा आफूहरु सन्तुष्ट नरहेको बताउनुुभएको छ ।
प्रतिपक्षी दलका सांसदहरुले राष्ट्र र राष्ट्रियताका सवालमा संसद र सिङ्गो देश एक ठाउँमा उभिनुुपर्नेमा जोड दिदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाफ दिनुुपर्ने र अभिव्यक्ति सच्याउनुुपर्ने बताउनुुभयो ।
बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र परराष्ट्र नीतिका बारेमा सत्तापक्ष र विपक्ष हुन नहुने तथा सिङ्गो देश एक ठाउँमा उभिनुु पर्ने भन्दै दुुई पक्षमा विभाजित देखिनुु विडम्बना र गम्भिर विषय भएको बताउनुुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई प्रधानमन्त्री आफैले स्पष्ट पार्नुुपर्नेमा आफूहरुको अडान कायम रहेको बताउनुुभयो ।
।
बैठकको शुरुमा समय लिएर श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनुु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी
रुपमा कायर्नान्वयन गरेर सदनलाई मर्यादित रुपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यानाकर्षण गराउनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्